विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण सन् २०१७ (कक्षा ८) को नतिजा सार्वजनिक

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सन् २०११ (शैक्षिक बर्ष २०६७) मा कक्षा ८ मा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण सुरु गरी सन् २०१५ सम्म (विद्यालय क्षेत्रसुधार योजना अवधिमा) कक्षा ३, ५ र ८ प्रत्येकमा दुर्इ पटक परीक्षण सम्पन्न गरी प्रत्येक परीक्षणका नतिजा तथा प्रतिवेदनहरू सार्वजनिक गरेको थियो । विद्यालय क्षेत्र विकास योजना (SSDP) ले निर्देश गरेअनुसार सन् २०१६ – २०२२ सम्म कक्षा ५, ८ र १० का विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण दुर्इ दुर्इ पटक गर्ने कार्यक्रम रहेको छ ।  यसै क्रममा सन् २०१७ (शैक्षिक वर्ष २०७३) मा देशभरबाट नमुना छनोटमा परेका २६ जिल्लाका १९५० विद्यालयका ४६२६६ विद्यार्थीमा कक्षा ८ को नेपाली, गणित र विज्ञान विषयका लागि परीक्षण सञ्चालन गरिएको थियो । विषयगतरूपमा नेपाली विषयको परीक्षण ६४९ विद्यालयका १५३६९ विद्यार्थीहरू, गणित विषयमा ६४९ विद्यालयका १५४८२ विद्यार्थीहरू र विज्ञान विषयका ‍६५२ विद्यालयका १५४१५ विद्यार्थीहरु उपलब्धि परीक्षणमा सहभागी भएका थिए । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सन् २०११ (शैक्षिक बर्ष २०६७) मा कक्षा ८ मा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण सुरु गरी सन् २०१५ सम्म (विद्यालय क्षेत्रसुधार योजना अवधिमा) कक्षा ३, ५ र ८ प्रत्येकमा दुर्इ पटक परीक्षण सम्पन्न गरी प्रत्येक परीक्षणका नतिजा तथा प्रतिवेदनहरू सार्वजनिक गरेको थियो । विद्यालय क्षेत्र विकास योजना (SSDP) ले निर्देश गरेअनुसार सन् २०१६ – २०२२ सम्म कक्षा ५, ८ र १० का विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण दुर्इ दुर्इ पटक गर्ने कार्यक्रम रहेको छ ।  यसै क्रममा सन् २०१७ (शैक्षिक वर्ष २०७३) मा देशभरबाट नमुना छनोटमा परेका २६ जिल्लाका १९५० विद्यालयका ४६२६६ विद्यार्थीमा कक्षा ८ को नेपाली, गणित र विज्ञान विषयका लागि परीक्षण सञ्चालन गरिएको थियो । विषयगतरूपमा नेपाली विषयको परीक्षण ६४९ विद्यालयका १५३६९ विद्यार्थीहरू, गणित विषयमा ६४९ विद्यालयका १५४८२ विद्यार्थीहरू र विज्ञान विषयका ‍६५२ विद्यालयका १५४१५ विद्यार्थीहरु उपलब्धि परीक्षणमा सहभागी भएका थिए ।

 

Additional Documents
S.N Title View Download
1 NASA_2017-Brief_results View item