Tender Notice for ELDS Research 2078
राष्ट्रिय दैनिक समाचारपत्रमा मिति २०७९।०१।०८ गते प्रकाशित सिलबन्दी कोटेशन सम्बन्धी थप जानकारी
1. सिलबन्दी दरभाउपत्रको फाराम यस केन्द्रबाट खरिद गर्नका लागि राजस्व शिर्षक नं. १४२२९ (अन्य प्रशासनिक सेवा शुल्क); यस कार्यालयको कार्यालय कोड नं. ३५००३३३०१ मा जम्मा हुनेगरी नेपाल बैंक लिमिटेड, कमल विनायक भक्तपुरमा रहेको यस कार्यालयको राजस्व खातामा जम्मा गरेको सक्कल राजस्व भौचर सम्लग्न गरी सिलबन्दी फाराम खरिद गर्न सकिनेछ ।
2. फाराम बुझाउने अन्तिम मिति सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र हुनेछ (अन्तिम दिनको दिउँसो १ बजे भित्र) ।
3. सिलबन्दी दरभाउपत्र यस केन्द्रमा म्याद सिद्धिएको लगत्तै खोलिनेछ ।
4. सिलबन्दी दरभाउपत्रको मूल्याङ्कन यस केन्द्रले तोकेको समितिबाट हुनेछ ।
5. सूचनाबमोजिम पेश भएका दरभाउपत्रमध्ये कम कबोल अङ्क रहेका दरभाउपत्र स्वीकृतिकालागि मूल्याङ्कन समितिले छनौट गर्नेछ ।
6. सिलबन्दी दरभाउपत्र खोलेको मितिबाट १५ दिन भित्र यस केन्द्रले ऐनको दफा ४० को उपदफा ५ बमोजिम सिलबन्दी दरभाउपत्र स्वीकृत गर्नेछ ।
स्वीकृत भएको सात दिन भित्र सम्बन्धित दरभाउपत्रदातालाई खरिद सम्झौता गर्न सूचना दिइनेछ ।
S.N | Title | View | Download |
---|---|---|---|
1 | Tender Notice for ELDS Research | View item |