योजना तथा अनुगमन तथा प्रशासन एकाइ
- शैक्षिक गुणस्तर परीक्षण केन्द्रको तात्कालीन, मध्यकालीन र दीर्घकादलीन योजना तर्जुमा गर्ने।
- केन्द्रको वार्षिक कार्यक्रम र बजेट तयार गर्ने।
- कार्यक्रम कार्यान्वयनका लागि केन्द्रीय, प्रदेशस्तरीय र जिल्लास्तरीय निकाय र विद्यालयहरूसँग समन्वय गर्ने।
- केन्द्रअन्तर्गत सञ्चालित कार्यक्रमको मासिक, चौमासिक र वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने।
- कार्यक्रम कार्यान्वयनको योजना, कार्यक्रम र सूचक विकास गर्ने।
- केन्द्रको वार्षिक अनुगमन योजना तयार गर्ने र सो योजनाको अनुसरण गर्ने।
- कार्यसम्पादन परीक्षण तथा उपलब्धि परीक्षणका समष्टिगत अन्तिम प्रतिवेदन (प्राविधिक, अफिसियल तथा सार्वजनिक) तयारी तथा प्रबोधीकरण गर्ने।
- केन्द्रको मासिक, चौमासिक र बार्षिक प्रगति प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पठाउने।
- केन्द्रद्वारा सम्पादित परीक्षणको समष्टिगत प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने, गराउने।
- केन्द्रको वार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धमा अनुगमन गरी प्रतिवेदन पेश गर्ने।
- केन्द्रको अनुसन्धान योजना तयार गर्ने र योजनाअनुसार अनुसन्धान कार्य सञ्चालन गर्ने।
- केन्द्रको परीक्षणसँग सम्बन्धित लगायत अन्य तथ्याङ्क व्यवस्थित गर्ने।
- केन्द्रको वेबसाइट व्यवस्थित गर्ने र नियमित अपडेट गर्ने।
- केन्द्रको जनशक्ति विकास योजना तयार गर्ने।
- केन्द्रको दैनिक आन्तरिक प्रशासन तथा व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
- शैक्षिक मुद्दामा अध्ययन अनुसन्धानको योजना निर्माण र सञ्चालन गर्ने।
- केन्द्रका लागि खरिद योजना निर्माण, खरिद सम्बन्धी कार्य गर्ने र केन्द्रको सम्पतिको सुरक्षा र अभिलेख व्यवस्थापन गर्ने।
- कार्यसम्पादन स्तर, विद्यार्थी सिकाइ उपलब्धि परीक्षणलगायत अन्य अध्ययन अनुसन्धानसम्बन्धी प्रतिवेदन प्रकाशन र सार्वजनिक गर्ने।