विद्यार्थी उपलब्धि परीक्षण एकाइ
- विद्यार्थी उपलब्धि परीक्षणको मानक, स्तर र प्रक्रियाको विकास गर्ने।
- विद्यार्थी उपलब्धि परीक्षणका लागि योजना बनाई आवधिक रुपमा परीक्षण सञ्चालन गर्ने।
- स्तरीकृत परीक्षाका लागि मुख्य विषयमा प्रश्न बैंक स्थापना गर्ने।
- पठन सीप परीक्षणका लागि मानक, प्रक्रिया र साधन विकास गरी परीक्षण सञ्चालन गर्ने।
- विद्यार्थी उपलब्धिको लम्बीय अध्ययन सञ्चालन गर्ने।
- विद्यार्थी परीक्षण तथा मूल्याङ्कन प्रणाली सुधारका लागि सुझाव प्रस्तुत गर्ने।
- स्तरीकृत प्रश्न लेखनसम्बन्धी शिक्षक क्षमता विकास तालिम र अभिमुखिकरण सञ्चालन गर्ने।
- विद्यार्थी सिकाइ उपलब्धि परीक्षणसम्बन्धी तालिम गोष्ठी सञ्चालन गर्ने।
- नेपाली विद्यार्थी उपलब्धि परीक्षणको नतिजालाई अन्तर्राष्ट्रिय नतिजासँग तुलना गर्ने।
- उपलब्धि परीक्षणसम्बन्धी प्रतिवेदन तयार र प्रबोधीकरण गरी नीति निर्धारण समितिमा पेश गर्ने।
- विद्यार्थी उपलब्धि परीक्षणसम्बन्धी कार्यविधि, कार्यढाँचा तथा निर्देशिकाहरू तयार गर्ने।