अनुसन्धान तथा विकास एकाइ
- शैक्षिक मुद्दामा अध्ययन अनुसन्धानको योजना निर्माण गर्ने।
- अध्ययन अनुसन्धानका लागि विषय तथा मुद्दाहरूको सम्भावित सूची तयार गर्ने।
- शैक्षिक मुद्दामा अध्ययन अनुसन्धान सञ्चालन गर्ने, गराउने।
- अध्ययन अनुसन्धानबाट प्राप्त नतिजाको प्रबोधीकरण गर्ने, गराउने।
- अध्ययन अनुसन्धानकर्ताको सूची अद्यावधिक गर्ने।
- शैक्षिक मुद्दामा अध्ययन अनुसन्धान गर्ने निकाय वा संघसंस्थासँग सहकार्यको योजना निर्माण गर्ने गराउने।
- अध्ययन अनुसन्धानसम्बन्धी क्षमता विकास योजना निर्माण र कार्यान्वयन गर्ने, गराउने।
- अध्ययन अनुसन्धानका प्रतिवेदन तथा आवश्यक आँकडा व्यवस्थित र सुरक्षित राख्ने, राख्न लगाउने।